महिलालाई पत्रकारितामा टिक्नै गाह्रो
कैलाली । पत्रकारिता पेशामा महिला पुरुषबिच हुने श्रम र अवसरमा विभेद हुँदा महिलाहरुलाई टिक्नै गाह्रो भएको निश्कर्ष छ । सुदूरपश्चिम प्रदेशका पत्रकार महिलाहरुको प्रदेशस्तरीय भेलामा यस्तो निश्कर्ष आएको हो ।
कार्यक्रममा सहभागी अछाम जिल्लाका पत्रकार कल्पना बोहराका अनुसार महिलाहरु पनि क्षमताको हिसाबले कसै भन्दा कम छैनन् तर पनि श्रममा विभेद भएको छ ।
‘म अछामको एक रेडियोमा काम गर्छु, क्षमताको हिसाबले कोही भन्दा कम छैन । रेडियो विग्रिदा तावरमा आफै चढेर बनाउँछस । सामाचार लेख्ने पढ्ने, कार्यक्रम उत्पादन गर्नेदेखि अफिसियल सबै काम आफै गर्छु तर पुरुष सहकर्मी जतिको तलब पाउँदैन ।’
उनले पहाडको रेडियो महिला कर्मचारीहरुबाटै टिकेको हुन्छ, तर काम श्रमको मूल्यांक हुननसकेको गुनासो पोखिन ।
बैतडीका पत्रकार तृप्ती शाहीले पत्रकार महिलाहरु रेडियो सञ्चालकको नियन्त्रणमा हुने भएकोले अवसरबाट बञ्चितिकरणमा परेको बताए । सुदूरपश्चिममा रहेर काम गर्दाको चुनौतीसंगै अवसरपनि होला तर महिलाहरु ति अवसर प्राप्त गर्न नसकेको उनले बताईन् । पत्रकार महासंघ श्रमजीविहरुको छाता संगठन हो तर आफूलाई भोटकोरुपमा मात्रै हेरिएको गुनासो गरिन् ।
यस्तै डडेल्धुराका राधा फुलाराले पत्रकारिता गरेको ८ वर्ष भयो तर भूगोलका अधारमा आफूमाथि विभेद भएको महशुस भईरहेको बताईन् । उनले सञ्चारगृहले हामीलाई टिकाई राख्नु कुनै खालको रणनीति नबनेकोले पत्रकार महिलाहरु पेशामा टिक्न नसकेको बताईन् ।
महिला पत्रकारहरुले गरेको कामको मूल्यांकन नियूक्ती पत्रको अनुगमन श्रममा विभेद लगायतको समस्या रहेको बताइन् ।
डडेलधुराका ममता भट्टले आफ्नो बाँच्ने आधार नै सञ्चारगृह भएपनि सञ्चालकले आफ्नो रिर्पोटरको क्षमता विकासमा ध्यान नदिद पेशाबाट पलायन हुनुपर्ने बताईन् । पत्रकारिता पेशा भित्रै ठूलो राजनीतिकरण भईरहेको उनको तर्क थियो ।
नेपाल पत्रकार महासंघका महासचिब रोशनपुरीले न्यूनटम पारिश्रमिक निर्धाण समितिले सिफारिस गरेर नेपाल सरकारको राजपत्रमा आएको कानून कार्यनवय हुन जरुरी रहेको बताए । सुदूरपश्चिमका पत्रकार महिलाहरुले उठाएको सवालमा नेपाल पत्रकार महांसंघले सामाधान गर्ने विश्वास दिलाए ।
महासचिब पुरीले कार्यस्थलमा हुने हिंसा भोगेका प्रभावितहरुको निबेदनको आधारमा नेपाल पत्रकार महासंघले पीडकलाई कानूनी डायरामा ल्याउन पहल गर्ने बताए । साथै महासंघले एक वर्षको अवधिमा २८० जनालाई उपचारको लागि सहुलियत गरिसकेको जानकारी दिए ।
पत्रकार महिलाहरु सवालमा केन्द्रीत हुनपर्छः कानून मन्त्री जोशी

आर्थिक मामीला तथा कानून मन्त्री पुर्णा जाशीले पत्रकारिता क्षेत्रमा आवद्ध भएका पत्रकार महिलाहरु सवालमा केन्द्रीत भएर काम गर्न अनुरोध गरे । उनले महिलाहरुको सवालमा कलम चलाउदा कहिपनि विभाजित नहुन एकजुट हुनुपर्ने बताए ।
लेखाई स्वतन्त्र हुनुपर्छ, राजनीतिक पुर्वाग्रही भएर नलेख्न अनुरोध गर्दै महिलामाथि हुने हिंसा दुर्वव्यवहार लगाएतका विषयमा एकजुट भएर पीडितलाई न्याय दिने हिसावले कलम चलाउनुपर्ने बताए ।
पत्रकार समाज परिवर्तनको संवाहक भएकेले यो क्षेत्रमा महिलाको संख्या र क्षमताबृद्धि गर्न एकदमै जरुरी रहेको मन्त्री जोशीले बताए ।
घोषणा–पत्र
१. पत्रकार महिलाको भौतिक तथा पेशागत सुरक्षा, नियमानुसारको पारिश्रमिक उपलब्धता र पेशागत स्थायित्वका लागि सम्वद्ध सबै पक्षसँग यो भेला जोडदार माग गर्दछ ।
२. सुदूरपश्चिम क्षेत्रका पत्रकार महिलाको दक्षता अभिबृद्धिको लागि आवश्यकता अनुरुप बिषयगत तालिम कार्यक्रमहरु सञ्चालन गर्न यो भेला जोडदार माग गर्दछ ।
३. सम्पूर्ण संचार गृह समक्ष पत्रकार नियूक्ति र पदोन्नतीमा समावेशी नीति अपनाउन यो भेला जोडदार माग गर्दछ ।
४. नीतिगत र नेतृत्व तहमा पत्रकार महिलाको सहभागिता सुनिश्चित गर्न सञ्चार सम्वद्ध विभिन्न निकायमा हुने नियूक्तिमा पत्रकार महिलाको समान सहभागितालाई सुनिश्चित गर्न तीन वटै तहका सरकारसमक्ष जोडदार माग गर्दछौ ।
५. आमसंचार नीति र श्रमजिवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन गर्नुका साथै सञ्चार सम्बन्धी प्रदेश र स्थानीय कानूनहरु अविलम्व निर्माण गरी लागु गरियोस् र त्यस्ता कानूनमा पत्रकार महिलालाई विशेष व्यवस्थाको नीति अवलम्वन गरियोस् ।
६. केन्द्र, प्रदेश र स्थानीय स्तरमा महिलाद्घारा सञ्चालित छापा तथा विद्युतिय संचार माध्यमको स्थायित्वका लागि संरक्षण, सम्वद्र्धन र प्रोत्साहन गर्नका प्रदेश र स्थानीय सरकार समक्ष आवश्यक नीतिगत व्यवस्थाका लागि यो भेला जोडदार माग गर्दछ ।
७. सबै संचारमाध्यमले कार्यरत पत्रकारहरुलाई नियूक्ति पत्र अनिवार्य दिन र आन्तरिक लैंगिक नीति बनाएर कार्यान्वयन गर्न यो भेला जोडदार माग गर्दछ ।
८. नेपाल पत्रकार महासंघ केन्द्रिय समिति, प्रेस काउन्सिलले उपलब्ध गराउँदै आएको पत्रकार उपचार सहायता र सञ्चार उपकरण खरिद रकम उपलब्ध गराउने विद्यमान ब्यवस्थामा पुनरावलोकन गरी पत्रकार महिलाहरुलाई विशेष प्राथमिकता प्रदान गर्न विशेष आग्रह गर्दछौं । साथै वीमा ब्यवस्था, पत्रकार महिलाका लागि फेलोसिपका कार्यक्रम, अध्ययन छात्रवृतिमा प्राथमिकता प्रदान गर्न यो भेला जोडदार माग गर्दछ ।
९. महिला माथि हुने सबै प्र्रकारका हिंशाका घटनाहरुको कानूनसम्मत तवरले सशक्त प्रतिरोध गर्न यो भेला सबैमा आव्ह्रान गर्दछ । साथै, महिला अधिकार हननका घटनामा प्रदेश र स्थानीय निकायमा गुनासो सुन्ने संयन्त्रको स्थापना गरेर कार्यान्वयनमा लैजाने ब्यवस्था गर्न यो भेला जोडदार माग गर्दछ ।
१०. डडेलधुरा जिल्लाको समग्र विकासका लागि ठोस कार्य गर्न तीन वटै तहका सरकार समक्ष यो भेला आग्रह गर्दछ ।













