नेपाली काँग्रेस कैलालीको सभापतिमा भट्ट

धनगढी, १९ फागुन । नेपाली काँग्रेस कैलालीको सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन ।

निर्वाचन समितीका अनुसार नारायणदत्त भट्ट १ हजार ३५९ मतका साथ विजयी भएका हुन् । भने प्रत्यासी प्रकाश बमले १०९६ मत प्राप्त गरेका थिए । नेपाली काँग्रेस कैलालीको सभापति चयनका लागि भएको दोस्रो चरणको निर्वाचनमा भट्ट विजयी प्राप्त गरेका हुन् ।

जिल्लामा कूल २ हजार ५७६ जना प्रतिनिधि रहेकोमा दोस्रो चरणको निर्वाचनमा २ हजार ४६७ मतदाताले मतदान गरेका थिए भने १२ मत बदर भएको थियो ।