फेरी उठ्दै छ थरुहट आन्दोलन

कैलाली, १० फागुन ।  केही महिनादेखि चुपचाप रहेको थरुहट आन्दोलन फेरी उठ्ने प्रयास गरिरहेको छ । थरुहट थारुवान राष्ट्रिय मोर्चाले यहि फागुन १९ गतेदेखि २२ गते सम्म थरुहट जिल्लाहरुमा बृहट छलफल गरि आन्दोलनको तयारीमा जुटेको हो ।

मोर्चाको केन्द्रीय संयोजक लक्ष्मण थारुका अनुसार फागुन १९ गते कैलालीको टीकापुर, २० गते बर्दिया, २१ गते दांग र २२ गते नवलपरसाीमा बृहट छलफल हुने तयारी भईरहेको छ ।