किशोरीहरूलाई सेनेटरी प्याड

धनगढी, ५ फागुन । नेपाली काँग्रेसकी नेत डा. आरजु राणा देउवाले धनगढी–६ जालीमा रहेको धनगढी बहुप्राबिधिक शिक्षालयका किशोरीहरूलाई सेनेटरी प्याड उपलब्ध गराएका हुन् ।

नेपाल प्रेस युनियनका अध्यक्ष श्रवण देउवा र धनगढी बहुप्राबिधिक शिक्षालयका निर्देशक टेकेन्द्र देउवाले विद्यालयका किशोरीहरूलाई संयुक्त रूपमा सेनेटरी प्याड हस्तान्तरण गरे । महिनावारीको बेला किशोरीहरू सुरक्षित र स्वस्थ रहन सेनेटरी प्याड अति नै आवश्यक रहेको नेपाल प्रेस युनियनका अध्यक्ष देउवा वितरण गरिएको बताए ।