सुदूरपश्चिममा ६१ प्रतिशतले खोप लगाए : मन्त्री खड्का

कैलाली, ११ माघ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले माघको दोस्रो साता सम्म कोभिड विरुद्धको खोप लाउनेको संख्या ६१ प्रतिशत पुगेको बताए । उनले पुस मसान्तसम्म प्रदेशका १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई सतप्रतिशत खोप लगाउने अभियान सञ्चालन गरिएपनि लक्ष्य अनुसार खोप दिन नसकेको स्वीकार गरे ।

उनले अहिले प्रदेशका सबै जिल्लामा बुस्टर डोज अभियान सञ्चालन गरेको बताए । भारतबट आउनेहरुलाई प्रदेशका सीमा नाकाहरुमा नै स्वास्थ्य परीक्षण र खोपको व्यवस्था गरेको जानकारी दिए ।

मन्त्री खड्काले नाकामा परिक्षण गरि पोजेटिभ आएका विरामीहरुलाई व्यवस्थित तरिकाले राख्नकोलागि कैलाली र कञ्चनपुरमा होल्डिङ सेन्टरको व्यवस्था गरेको बताए । स्वास्थ्यको क्षेत्रमा अरु प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेश एक नम्बरमा रहेको दाबी समेत गरे ।

उनले सुदूरपश्चिमको सबै जिल्लामा केही दिन भित्रै आइसीयू र भेन्टिलेटर सञ्चालनमा ल्याउने प्रतिवद्धा गरे ।

पहाडका सबै जिल्लामा आइसीयू र भेन्टिलेटर सञ्चालन गर्न एक।एक जना डाक्टर र एक।एक जना स्टापनर्सलाई तालिम दिइरहेको जानकारी दिए । ‘सेती प्रादेशिक अस्पतालमा १० थान, महाकाली अस्पतालमा पाँच थान र टीकापुर अस्पतालमा तीन थान गरेर १८ वटा डाइलासिस मेसिनहरु किनिसकेका छाँै, केही दिन भित्रै जडान हुन्छ ।’

मन्त्री खड्काले महाकालीमा भौतिक संरचना बन्दै गरेको, सेतीमा पुरानो कोभिडको आइसीयू भवनमा नै जडान गर्ने र टीकापुरमा पनि पुरानो कोभिड भवनमै आइसीयू जडान गर्ने तयारी भइरहेको जानकारी दिए ।

उनले विगतमा अक्सिजनको अभावलाई मध्य नजर गरि प्रदेशको सबै जिल्लामा अक्सिजन प्लान्ट जडान गरेको । साढे तीन हजार भन्दा माथि सिलीन्डरहरु मौजात रहेको बताए ।

दक्षिण एशियाली पत्रकार महिला सञ्चाल (स्वाम) नेपाल र संस्था केयर नेपालको आर्थिक सहयोगमा मंगलबार धनगढीमा छिटो र निष्पक्ष खोपमा सबैको पहुचबारे मिडिया अभिमुखिकरण कार्यक्रम भएको थियो ।

कार्यक्रममा (स्वाम) नेपालका अध्यक्ष निर्मला शर्मा र पत्रकार हरिकला अधिकारीले कार्यक्रममा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावल, नेपाल पत्रकार महासंघ कैलाली जिल्लाका अध्यक्ष हिमाल जोशी लगायतको सहभागिता रहेको थियो ।