शितलहर र हुस्सुले कैलालीको जनजीवन प्रभावित
धनगढी, २० पुस । एक हप्ता यता बढेको शितलहर र हुस्सुले कैलालीको जनजीवन प्रभावित भएको छ । बिहान र साँझ शीतलहरसँगै बाक्लो हुस्सु लाग्ने गरेकाले यहाँको तापक्रम घट्दै गएको हो ।
चिसोले गर्दा दैनिक ज्यालादारी काम गरेर खानेलाई समस्या हुनाका साथै बिहान विद्यालय तथा कलेज जाने विद्यार्थी पनि मर्कामा परेका छन् ।

चिसो बढ्ने क्रमसँगै विभिन्न खालका स्वास्थ्य समस्या बढ्न सक्ने चिकित्सकले बताएका छन् । बिषेशगरि चिसोमा निमोनिया, दम, श्वासप्रश्वास, हृदयाघात, ब्रोनकाइटिस, रक्तचाप, हाइपोथर्मिया लगायतका रोगबाट बाच्न चिकित्सकको सुझाब छ ।













