माओवादी पार्टीको अध्यक्षमा पुनः दहाल
काठमाडौं, १९ पुस । पुष्पकमल दाहाल पुनः नेकपा (माओवादी केन्द्र)को अध्यक्ष बनेका छन्।
माओवादीको आठौं महाधिवेशनबाट चयन भएका केन्द्रीय सदस्यले दाहाललाई पुनः अध्यक्ष बनाएका हुन्। सोमबार बसेको माओवादीको पहिलो केन्द्रीय समितिले सर्वसम्मत रूपमा दाहाललाई अध्यक्ष चयन गरेको हो।
सानेपास्थित हेरिटेज गार्डेनमा बसेको केन्द्रीय समिति बैठकमा नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा दाहाललाई अध्यक्ष बनाउने निर्णय भएको हो। उनी तीन दशकदेखि माओवादीको अध्यक्ष रहेका छन्।













