मानव सेवा आश्रमलाई कुवाँरले गरे १ लाख बढी सहयोग
कैलाली, १९ पुस । मानव सेवा आश्रमलाई कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले आर्थिक सहयोग गरेका छन् । उनले मानवसेवा आश्रम धनगढीलाई १ लाख ११ हजार १११ सहयोग गरी आश्रमका दोस्रो आजिवन भोजनसेवा सदस्य बनेका हुन्।
अध्यक्ष कुँवर विगत लामो समयदेखि नै सामाजिक कार्यमा सहयोगी भूमिका निर्वाह गर्दै आईरहेका छन् ।













