५ महिनामा ८४४ माथि हिंसा, जसमा १५२ वटा बलात्कारका घटना
कैलाली, १३ पुस । ओरेक नेपालको पछिल्लो ५ महिनामा (सावनदेखि मंसिर सम्ममा ८४४ जना महिला तथा बालिकामाथि हिंसाको घटना भएको अभिलेखिकरण भएको छ ।
घटनाको विश्लेषण गर्दा सबै भन्दा बढी ५६ प्रतिशत अर्थात ४७५ वटा घटना घरभित्रैको सदस्यको संलग्नता रहेको ओरेक नेपालके कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिइएका छन् । श्रीमान वा घरपरिवारका सदस्यले विभिन्न बहानामा कुटपिट गर्ने, स्रोत–साधनबाट बञ्चित गर्ने, घरनिकाला गर्ने, गालीगलौज गर्ने तथा भावनात्मक चोट पुग्ने विभिन्न खाले डर त्रास र मानसिक यातना दिने गरेको पीडितहरुको रिर्पोट आएको निर्देशक न्यौपानेले बताइन् ।
यस्तै १५२ अथवा (१८ प्रतिशत) बलात्कार, ७५ (९ प्रतिशत) सामाजिक हिंसा, ५३ (६ प्रतिशत) हत्याके घटना र ३७ (४ प्रतिशत) यौन दुव्र्यवहार, १४ (२ प्रतिशत) अन्य ७ (अलपत्र अवस्थामा फेला परेको घटना रहेको छ । यस्तै ७ साइवर अपराधसंग सम्बन्धित घटना, ११ (१ प्रतिशत) बलात्कारके प्रयास ११ (१ प्रतिशत) आत्महत्या, ८ मानव बेचविखन ४ हत्याके प्रयास ४ मानव बेचविखनको प्रयासको घटना रहेको छ ।













