धनगढी विमानस्थलको लागि एक अर्ब विनियोजन
कैलाली, ११ पुस । धनगढी विमानस्थलको लागि एक अर्ब रकम विनियोजन गरिएको छ । विमानस्थलको स्तरोन्नतिका लागि नागरिक उड्ययन प्राधिकरणले एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेको विशेष पहलमा प्राधिकरणको तीन सय ९२ औँ बैठकले धनगढी विमानस्थलका लागि बजेट विनियोजन गर्ने निर्णय प्राधिकरणले जनाएको छ ।
मन्त्री आलले धनगढी विमानस्थलको स्तरोन्नति गर्ने प्रतिवद्धता जनाउँदै आएका छन् । केही दिनअघिमात्र धनगढीमा पर्यटन बोर्डको प्रदेश कार्यालय उद्घाटन गर्ने क्रममा मन्त्री आलेले धनगढी विमानस्थलको धावन मार्ग दुई हजार पाँच सय मिटर पु¥याउने लक्ष्य रहेको बताएका थिए ।
धनगढी विमानस्थलबाट काठमाण्डौं–धनगढी र सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्लामा उडान हुँदै आएको छ ।













