एकल महिला समूहको अध्यक्षमा कविता पाँणे निर्वाचित

काठमाडौं, ११ पुस । मानव अधिकारका लागि महिला एकल महिला समूह ९डब्लूएचआर० को अध्यक्षमा कविता पाँणे निर्वाचित निर्वाचित हुनुभएको छ । लामो समयदेखि एकल महिलाको हक अधिकारका लागि क्रियाशील उहाँ अधिवक्ता हुनुहुन्छ ।

डब्लूएचआरको हिजोदेखी शुरु भएको ५ औं महाधिवेशनको दोस्रो दिन नयाँ नेतृत्व चयनका लागि आज भएको मतदानबाट अध्यक्षमा पाँणे निर्वाचित हुनुभएको हो । उहाँ काठमाडौं निवासी हुनुहुन्छ ।

अध्यक्षका लागि बाँकेकी शोभा गौतम र पाँणेबीच प्रतिस्पर्धा भएको थियो ।

यस्तै उपाध्यक्षमा बिमला पराजुली र रेखा अधिकारीबीच भएको प्रतिस्पर्धामा बिमला पराजुली निर्वाचित हुनुभएको छ ।

महासचिवका लागि प्रतिभा बिष्ट र बिष्णुमाया पाण्डेबीच भएको प्रतिस्पर्धामा बिष्णुमाया पाण्डे निर्वाचित हुनुभएको छ ।

सचिवमा एकमाया बि।क। र मायादेवी शर्माबीच भएको प्रतिस्पर्धामा एकमाया बि।क। र कोषाध्यक्षमा सृजना श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यमा शान्ति महर्जन, सबिता महर्जन, भगवती हमाल,शान्ति पासवान र मिना अधिकारी निर्वाचित भएका छन् ।