लैंगिक सम्बेदनशील रिर्पोटिंग सम्बन्धी अभिमुखिकरण
डोटी, २० मंसिर । ईडिसि नेपाल डोटीले द महिला नेटवर्क परियोजना अन्तर्गत लैंगिक सम्बेदनशील भएर कसरी रिर्पोटिंग गर्ने भन्ने सवालमा दूई दिने अभिमुखिकरण कार्यक्रम शरु भएको छ ।
डोटी जिल्लामा महिला हिंसाको घटनाहरु बढ्दो क्रममा रहेकोले यहाँका मिडिया हाउसलाई लैंगिकताको सवालमा सम्बेदनशील बनाउन कार्यक्रम आयोजना गरिएको आयोजकले बताए ।
कार्यक्रममा जिल्लामा हुने गरेको कार्यक्रममा महिला पत्रकारहरुलाई सहभागिता नै नगाउने परिपाटिले यहाँका पत्रकार महिलाहरुको क्षमता विकासमा बाधा भईरहेको सहभागीहरुको गुनासो थियो ।
लैंगिक सम्बेदाशील भएर सवाल उठान गर्नको लागि सामाचार लेखनमा पनि क्षमता अभिबृद्धि हुन जरुरी रहेको उनीहरुको भनाई थियो । जिल्लामा थोरै मात्रमा पत्रकार महिलाहरु क्रियाशील छन्, तर क्रियाशील भएकाहरुपनि पुरुष पत्रकार सरह अवसरहरु नपाएको सहभागीहरु बताए ।
ईडिसि नेपाल डोटीले विगत लामो समयदेखि महिला सशक्तिकरण, शिक्षा र आर्थिक सशक्तिकरणमा रहेर काम गर्दै आईरहेको केशब परियारले जानकारी दिए । उनले आफ्नो संस्थाले आयोजना गरेको कार्यक्रममा सकेसम्म पत्रकार महिलाहरुलाई निमन्त्रणा गरिरहेको पनि बताए ।
अभिमुखिकरण कार्यक्रममा पत्रकार उन्नती चौधरीले सहजीकरण गरेका थिए ।













