‘प्यारके धागा टुटेना’ भन्ने गीतको म्युजिक भिडियो सार्वजनिक
कैलाली, १५ मंसिर । थारु कलाकारितामा चर्चित गायीका अन्नु चौधरी र उमेश मुस्कानको अवाजमा ‘प्यारके धागा टुटेना’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
उमेश मुस्कानको शब्द संगीत केशब बडु को संगीत सयोजनमा अन्नु चौधरी र उमेश मुस्काको स्वर रहेको छ । म्युजिक भिडियो सेबिल इन्तरतेन्मेन्ट युतुब च्यानलले सार्वजनिक गरेको हो ।
चर्चित मोडेल गरिमा शर्मा, मुकुन्द जि सि, आयशा चौधरी, तेजा एइर, शिबकुमार राजबन्सी, सानू महत र यादब गिरिले अभिनय गरेका छन् । उक्त म्युजिक भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् भने प्रकाश खड्काको छयांकनमा मिलन विश्वकर्माले सम्पालन गरेका हुन् । यो गीत टिकटकमा निकै नै भाईरल भईसकेको छ ।













