अछाममा बस दुर्घटना हुँदा २ जनाको मृत्यु
अछाम, १४ मंसिर । धनगढीका लागि छुटेको बस अछाममा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। सदरमुकाम मंगलसैनबाट धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्बरको बस कैलाश खोला नजिकै दुर्घटना हुँदा २ जनाको ज्यान गएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।
बस उल्टो फर्किएकाले धेरै जना घाइते भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको थप विवरण आउन बाँकी छ।













