एभरेष्ट एकेडेमीका विद्यार्थीले पाए ईन्डो नेपाल कराते च्याम्पीयनसिप स्वर्ण पदक

अत्तरिया, ३ मंसिर । कैलालीको अत्तरियामा रहेको एभरेष्ट एकेडेमीका विद्यार्थीले भारतमा स्वर्ण पदक जितेका छन ।

यही कार्तिक २८ गतेदेखी भारतको पञ्जावस्थीत बटालमा भएको १४औ ईन्डो नेपाल कराते च्याम्पीयनसिप प्रतियोगीतामा विद्यालयका २ जना विद्यार्थीले स्वर्ण पदक प्राप्त गरेका हुन ।

१५ वर्ष मुनीको ५० केजी तौल समुहमा एभरेष्टका विद्यार्थी करन गुप्ता र १८ वर्षमुनीको ६० केजी तौल समुहमा सोही विद्यालयका रोशन भाटले स्वर्ण पदक प्राप्त गरेका थिए । यसैगरी सोही विद्यालयमा अध्ययनरत विद्यार्थी निरज रावल ले १५ वर्षमुनीको ४५ केजी तौल समुहमा रजत पदक प्राप्त गरेका छन ।

उक्त प्रतियोगीतामा गोदावरी नगरपालिका १५ र कृष्णपुर नगरपालिकाका १ जना गरी १६ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
प्रतियोगीतामा सहभागी विद्यार्थीहरुले १३ स्वर्ण पदक र ३ वटा रजत पदक प्राप्त गरेको प्रशिक्षक डम्बर साउँदले बताए । प्रतियोगीतामा स्वर्ण पदक प्राप्त गर्नेमा गुप्ता र भाट सहित सागर खड्का, सरस्वती वि.क, पवन गोर्खाली, विष्णु वि.क, पुजा वि।क, शंकर नेपाली, दिनेश वि.क, नरेश टमटा, मिना बि।क, र आनन्द वि.क र सागर वि.क रहेका छन ।

यस्तै प्रतियोगीतामा रजत पदक प्राप्त गर्नेमा रावल सहित राजेश वि।क र पुजा सुनार रहेका प्रशिक्षक साउँदले बताए । प्रतियोगीतामा कृष्णपुरको ज्योती ईंगलिस बोर्डिङ स्कुल, गोदावरीको दुर्गालक्ष्मी नमुना मा।वी, एभरेष्ट एकेडेमी, ग्वासी मा।वि, नवज्योती आधारभुत विद्यालय र सरस्वती मा।वि ओलानीका विद्यार्थीहरुको सहभागीता रहेको उनले बताए ।

यसैगरी भारतकै अमृतसरमा आयोजित आर.के. सिंघारी कप अन्तरराष्ट्रिय कराते प्रतियोगीतामा पनि गोदावरी र कृष्णपुर नगरपालिकाका विद्यार्थीहरुले पुरस्कार प्राप्त गरेको प्रशिक्षक साउँदले बताए ।

साउँदको नेतृत्वमा गएको टिमबाट तेज नागरी, कुवेर खड्का र सन्तोष वि।क पनि रेफ्रिको रुपमा भारत गएका थिए ।