आरजुको वडामा चुनाव
कैलाली, २७ कात्तिक । कैलालीमा आजदेखि नेपाली काँग्रेसको वडा अधिवेशन सुरु भएको छ। अहिलेसम्म जिल्लाका ३७ वटा वडामा वडा अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गरिसकेको जिल्ला कार्यसमिति कैलालीले जनाएको छ।
धनगढी उपमहानगरपालिकाका मात्रै ६ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको जनाइएको छ। काँग्रेस पार्टी सभापति देउवा पत्नी आरजु राणा देउवाको वडा, अथवा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा सहमति नभएपछि चुनाव हुने भएको छ । सो वडामा क्षेत्रिय प्रतिनिध र सभापतिको लागि उम्मेदवार धेरै भएपछि चुनाव भएको हो । अहिले वडा नं. ४ मा मतदान शुरु भएको छ ।
जिल्लाका १३ पालिकाका १ सय २६ वडामध्ये अधिकांशमा निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चयन गरिने बताइएको छ।













