नवनियुक्त प्रदेश प्रमुखले गरे पदभार ग्रहण
कैलाली, २६ कात्तिक । सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण गरेका हुन् । २३ गते प्रदेश प्रमुखमा नियक्त भएका जोशीले आज पदभार ग्रहण गरेका हुन् ।
सरकारले यसअघिका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई हटाएर जोशीलाई नियुक्त गरेको हो ।













