दलित मुक्ति मोर्चाको सम्मेलनमा विप्लव धनगढी आउने
धनगढी, २४ कात्तिक । दलित मुक्ति मोर्चा नेपालको पाँचौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव धनगढी आउने भएका छन् । कार्तिक २७ देखि २९ गते सम्म धनगढीमा सम्मेलन हुने भएको छ । बुधबार धनगढीमा आयोजिक पत्रकार सम्मेलनमा मोर्चाको पाँचौं सम्मेलनबारे जानकारी गराइएको हो ।
पत्रकार सम्मेलमा मोर्चाका अध्यक्ष डम्बरबहादुर विश्वकर्माले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताए । उनले सम्मेलनलाई भव्य र सव्य बनाउन कलाकार, बाजागाजा, झाँकी, र र्याली गर्ने बताए । सम्मेलन ‘सामाजिक दलाल पूँजीवादको आधुनिक विभेदका विरुद्ध सशक्त दलित आन्दोलन १ वैज्ञानिक समाजवादको पक्षमा दलित मुक्तिको पाँचौं राष्ट्रिय सम्मेलन ११’ भन्ने मूल नारा हुने भएका छ ।













