‘अपराधिक गतिविधि रोक्न विशेष योजना लागु गर्छौं’
धनगढी, १८ कार्तिक । सुदूरपश्चिमका अस्थायी राजधानी धनगढीमा अपराधिक क्रियाकलाप हुन नदिन विशेष योजना बनाएर काम गर्ने प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय धनगढीले माथिल्ला सुरक्षा निकाय र स्थानीय नागरिकसंगको सहकार्य गरि नगरभित्र विशेष सुरक्षा लागु गर्ने बताए ।
धनगढीभित्र हुने अपराधिक गतिविधिहरुमा सबैभन्दा बढी चोरीका घटना रहेको बताउदै वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक गौरीप्रसाद जैशीले पछिल्लो ३ महिनामा चोरीका घटना सबैभन्दा बढी आएका जानकारी दिए ।
उनका अनुसार लागु औषध प्रयोग र कारोवार, यातायात भाडामा ठगी, मापदण्ड विपरित व्यवसाय सञ्चालन गर्नेहरु पनि ठुलो संख्यामा प्रहरीका कारबाहीमा परेका छन् ।
मुख्य बजारदेखि सीमावर्ती बस्तीमा हुने चोरीका घटना न्यनीकरण गर्न वडा प्रहरी कार्यालयले समुदायसंगको साझेदारीमा काम गरिरहेको जैशीले बताए ।
साथै उनले सीमानाका हुने चोरी तस्करी, लागुपदार्थ सम्वन्धी अपराध नियन्त्रणका लागि माथिल्ला निकायसंग सहकार्य भइरहेको उनले बताए ।
तीहार र छठलाई लक्षित गरी यात्रु सहायत कक्ष, मास्क वितरण लगायतका कामहरु निरन्तर गरिने उनले बताए ।













