धनगढीमा १४ जना जुवाडे सहित ४८ हजार नगद पक्राउ
धनगढी, १६ कात्तिक । जिल्ला प्रहरी कार्यालय कैलालीले ४८ हजार ३० रुपैया नगद १४ जना जुवाडेलाई तास खेलिरहेको बेला पक्राउ गरेको छ । सोमबार राति उपमहानगरपालिकाको वडा नम्बर ७ बेली बजारस्थित कुल बहादुर चौधरीको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुको साथमा १४ हजार ७ सय २० भारतीय रुपैंया, २५ हजार ९ सय ५० नेपाली रुपैंया र ३ गड्डी तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
पक्राउ पर्नेमा बेलीका ३० वर्षीय ईश्वर चौधरी, ३३ वर्षीय प्रेम चौधरी, ३५ वर्षीय राम निवास चौधरी, ३० वर्षीय अम्मर राना, २८ वर्षीय दिनेश राना, ३१ वर्षीय लाल चौधरी, ४० वर्षीय कृष्ण प्रसाद पाण्डे, २१ वर्षीय रमेश खाती क्षेत्री रहेका छन्। त्यस्तै, सोही ठाउँका ३२ वर्षीय माया राम चौधरी, ४३ वर्षीय हरी चन्द, ३४ वर्षीय नरेश चौधरी, २८ वर्षीय आदेश चौधरी, ३१ वर्षीय कुल चौधरी र भारत घर भई बेली बस्दै आएका २४ वर्षीय अस्पाक खान रहेका प्रहरीले बताएको छ।
धनगढीमा १४ जना जुवाडे पक्राउधनगढी,१६ कात्तिक । धनगढीमा १४ जना जुवाडे पक्राउ परेका छन् । सोमबार राति उपमहानगरपालिकाको वडा नम्बर ७ बेली बजारस्थित कुल बहादुर चौधरीको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट साथबाट १४ हजार ७ सय २० भारतीय रुपैंया, २५ हजार ९ सय ५० नेपाली रुपैंया र ३ गड्डी तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।