जनगणनालाई प्रभावकारी बनाउन गणक र उत्तरदाता सम्बेदनशील हुन जरुरी

कैलाली, १५ कात्तिक । राष्ट्रिय जनगणना २०७८ को सहि तथ्यांक ल्याउन तथा गणनामा कोहीपनि नछुटुन भनि सम्बन्धित पालिकाका अगुवाहरुले अ आफ्नो समुदायलाई समयमै सचेत बनाउन जरुरी बताईएको छ ।

यूनिक नेपालले आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ पालिका स्तरीय परामर्श एबम् सम्बाद कार्यक्रममा वक्ताहरुले यस्तो भए बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ का लागि कात्तिक २५ गतेदेखि मंसिर ९ गते सम्म प्रत्येकको घर घरमा गणकहरु तथ्यांक संकलन गर्न आउँने भएकोले गणकले मागेको सम्पूर्ण तथ्यांक सत्य तथ्यरुपमा उपलब्घ लगाई दिन उत्तरदाताहरुलाई अनुरोध गरिएको थियो ।

जनगणालाई प्रभावकारी बनाउन गणक र उत्तरदाता दुबैको महत्वपूर्ण भूमिका हुने भएकोले गणनाको क्रममा दुबैजना सम्बेदनशील भईदिन आयोजकको अनुरोध छ ।
यस्तै कार्यक्रममा सहभागीहरुले आफ्नो थर जस्तै चौधरीहरु सबै थारु लेख्नुपर्ने, मातृभाषा, थारु लेख्नुपर्ने र धर्ममा बौद्ध, प्रकृतिपुजक वा हिन्दू जे मान्दै आएका छौ त्यहि नै लेखाउने र आफू भनेको जवाफमा गणकले सहि तरिकाले लेखिदिएको छ कि छैन भन्ने विषयमा शंका लागेमा गणकसंग दोहोरो सम्बाद गरि सहि तथ्यांक लेखाउन अनुरोध गरेका थिए ।

कार्यक्रममा गणकहरुको सहभागितामा समाबेशी न्यून देखिएकोले जनगणनाको तथ्यांक संकलन गर्दा विभिन्न चुनौतिहरु आउन सक्ने तर्क गर्दै सरकारले गणक छनौट गर्दा समाबेशीतामा ध्यान दिनुपर्ने सुझाब दिएका थिए । कार्यक्रममा दलित अगुवा, थारु अगुवा, विभिन्न गैरसरकारीसंघसंस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।