महिला उद्यमीद्वारा सञ्चालित ‘हाम्रो कोशेली घर’

धनगढी, १३ कात्तिक । महिला उद्यमीहरूको समूहले धनगढीमा ‘हाम्रो कोशेली घर’ सञ्चालनमा ल्याएका छन् । घरेलु तथा साना उद्योग महासङ्घमा सम्बद्ध महिला उद्यमीले हाम्रो कोशेली घर सञ्चालनमा ल्याएका हुन् ।

हाम्रो कोशेली घरको आज उपमहानगरपालिकाका नगरप्रमुख नृप बहादुर वडले उद्घाटन गरे । उनले सरकारले गर्नु पर्ने काम घरेलु महासङ्घले गरेकोमा खुसी भएको बताए । महिला उद्यमी र उद्यम व्यवसायसँग सम्बद्ध उद्यमीहरूलाई सरकारले सहयोग गर्न नसकेको स्वीकार गरे ।

घरेलु तथा साना उद्योग महासङ्घकका सुदूरपश्चिम अध्यक्ष रुकमणी देवकोटाले बाहिरबाट आउने पाहुनाहरूलाई अब के दिने भनेर खोज्नु पर्ने बाध्यता कोशेली घरले अन्त्य गरेको बताईन् । अहिले उक्त पसलमा नेपाली उत्पादनहरू अल्लोका कपडा, गलैँचा, नेपाली ढाका टोपी लगायतका विभिन्न सामाग्री उपलब्ध रहेको छन् ।