राष्ट्रिय सौन्दर्यकर्मी यूनियनको प्रदेश अधिबेशन सम्पन्न

कैलाली, ११ कात्तिक । सुरक्षित र मर्यादित रोजगार, सौन्दर्यकर्मीहरुको अधिकार सहितको मूल नाराका साथ राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल सुदूरपश्चिम प्रदेशको अधिबेशन सम्पन्न भएको छ ।

अधिबेशनले सौन्दर्यकर्मीहरुको पेशालाई मर्यादित बनाउन प्रदेशभरिका सौन्दर्यकर्मीहरुलाई एकताबद्ध गरि संगठन निर्माण गर्न लागेको जनाइएको छ ।

सौन्दर्यकर्मीहरु सानो लगानीबाट आफ्नै श्रममा शुरुवाट गरिरहेको व्यपारलाई व्यवस्थित र सम्मानजनक बनाउनुका साथै पेशागत सुरक्षाको लागि अवाज उठाउन संगठित भईरहेको केन्द्रीय सदस्य तथा सुप इन्चार्ज सुजना जोशीले बताईन् ।

राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल ट्रेड यूनियनमा आवद्ध भएको संस्था हो । त्यसैले सौन्दर्य पेशामा आवद्ध भएका सबै सौन्दर्यकर्मीहरुको अवाज मजबुद बनाउन संगठन आवश्यक रहेको जोशीले बताईन् ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि जि फन्टका केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष देव बहादुर वमले संगठनले सौन्दर्यकर्मीहरुले व्यापार सञ्चालन गर्दा सरकारबाट पाउँने सर्व सुलभ कर्जाकोलागि पहुच अभिबृद्धि गर्न मदत पुग्ने बताए ।

उनले राष्ट्रिय सौन्दर्यकर्मी यूनियनमा आवद्ध सबै सदस्यहरु सहकारी, ट्रेडयूनियन लगायत संस्थामा पनि आवद्ध हुन सके व्यक्तिगत जिवनमा फाईदा पुग्ने बताए ।

अध्यक्ष शोभा रावल, उपाध्यक्ष कमला गुरुङ, सचिव सपना रोकाया, कोषाध्यक्ष गिता पौडेल, सहसचिव आशा चौधरी सर्वसहमत चयन भएका छन् । त्यसै गरी सदस्यमा  विष्णुमाया आर्याल, लक्ष्मी भट्ट, विष्णदेवी विष्ट, निकिता विष्ट, सल्मा कुश्मी, सरिता चौधरी, रिता चौधरी चयन भए ।

नव निर्बाचित कमिटिलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका सुदूरपश्चिम अध्यक्ष ललित चन्द, नेपाल अटोमेकानिक्स ट्रेड यूनियनका सुप अध्यक्ष चन्द्र प्रकाश गैरे, सौन्दर्यकर्मी नेपालका केन्द्रीय सदस्य गंगा नगर्मी, ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य राजकुमारी चौधरी, सल्लाहकार झुम अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।