धनगढीमा पनि फल्यो स्याउ

कैलाली, ११ कात्तिक । धनगढी उपमहानगरपालिका २ सन्तोषी टोल स्थित कृष्ण प्रसाद भट्टको बारी स्याउ फलेको छ ।

उनका अनुसार २०७६ सालमा समर एप्पल प्रजातीको विरुवा डिल्लीबाट ल्याएर रोपेको थियो । जुन विरुवामा १३ महिना भित्रै फल लाग्यो । फुल धेरै आएपनि दूई दाना मात्रै फल जोगाउन सकेको भट्ट बताउँछन् । अहिले उक्त स्याउ पाक्ने बेला भएको छ ।