शिवरत्नपुरका बाढी प्रभावित १७ परिवारलाई राहत

हसुलिया, ७ कात्तिक । कैलालीको कैलारी गाउँपालिका–३ स्थित मोहना नदी पारि रहेको शिवरत्नपुर गाउँका बाढी प्रभावित १७ परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

डीसीएको आर्थिक सहयोगमा दलित महिला अधिकार मञ्चले प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेको हो । असोज ३१ गतेदेखि भएको वर्षाका कारण आएको बाढीले सो गाउँमा कैयौ परिवार प्रभावित बनेका छन् । प्रभावित परिवारलाई चामल, खाने तेल, दाल, चिनी, चियापत्ति, नून, सोयाबिन वितरण गरिएको छ ।

मञ्चका अध्यक्ष सावित्रा घिमिरे, डीसीए परियोजनाका संयोजक जगदीश भट्ट र आधार परियोजनाका संयोजक सृजना पराजुलीले प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेका थिए ।