एभरेष्ट एकेडेमीद्वारा रंगकर्मीहरुलाई सम्मान
अत्तरीया, ७ कात्तिक । एभरेष्ट एकेडेमी अत्तरियाले बाल रंगकर्मीं विद्यार्थी तथा लेखक निर्देशकहरुलाई शनिबार एक समारोहका त्रिच सम्मान गरेको छ ।
तीन बर्ष देखि राष्ट्रिय स्तरमा सहभागी भइ उत्कृष्ट नतिजा प्राप्त गरेका तीन नाटकका कलाकारहरुलाई सम्मान गरेको हो ।

एभरेष्ट एकेडेमीले गोदावरी नगरपालिका वार्ड नंं १ का अध्यक्ष तथा प्रवक्ता शर्मानन्द भट्टको प्रमुख आथिथ्यमा उनीहरुलाई सम्मान गरेको जनाएको छ ।
एकडेमीले तीन बर्ष राष्ट्रिय स्तरमै सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै सफलता प्राप्त गरेको नाटकहरुमा कठै! तीन मास्टर, भूमिका, र तेरी खान्या कोरोना हुन ।













