माओवादी केन्द्रले विपतमा परेकाहरुको उद्धार र राहतमा केन्द्रीत हुन कार्यकर्तालाई निर्देशन

कैलाली, ३ कात्तिक । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रले बाढी र पहिरोले सुदूरपश्चिम प्रदेशमा मानवीय क्षतिसंगै ठूलो जनधनको क्षति र त्रासदिपूर्ण अवस्था प्रति हाम्रो पार्टी स्तब्ध भएको छ ।

अध्यक्ष शरद सिंह भण्डारी र इन्चार्ज खगराज भट्टको संयूक्त हस्ताक्षर विज्ञप्ती निकाल्दै बिपदपूर्ण घडीमा सबै तहको सरकार, पार्टी पंक्ति साथै जनसमुदायमा उच्च सतर्क रहन अनुरोध गरेको छ ।

विज्ञप्ती मार्फत डोटी, डडेल्धुरा, बैतडी, बझांग र कैलाली गरि दूई दर्जनबढीले ज्यान गुमाउने जनता प्रति श्रद्धाञ्जली व्यक्त समेत गरेको छ । पहिरोमा परि सम्पर्क विहिन भएका, विस्थापीत भएको अवस्थामा सरकारलाइ आपतकाल घोषणा गरी उद्धार र राहतमा लाग्न अनुरोध छ । विज्ञप्तीमा भनिएको छ, हाम्रो सुदूरपश्चिम प्रदेशको सबै तहको पार्टी यस आपतकालीन अवस्थामा जनताको उद्धार र राहतमा केन्द्रीत भइ लाग्न निर्देशन गर्दछौं।