सुदूरपश्चिममा बाढी पहिरोको अपडेट : मृत्यू हुनेको संख्या २८ पुग्यो

कैलाली, ३ कात्तिक । आइतबारदेखि भइरहेको वर्षाका कारण सुदूरपश्चिममा बाढीपहिरो मृत्यू हुनेको संख्या २८ पुगेको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार पहिरोमा परि डोटीमा मृत्यु १३ जनाको मृत्यू भएको हो । मृत्यू हुनेमा डोटीको जोरायल गाउँपालिका वडा नम्बर ३ नवलपुर बस्ने जोगी सार्कीको घरमाथिबाट पहिरो खस्दा सार्की सहित, ५५ वर्षीया झुपरी सार्की, ४२ वर्षीय शेरबहादुर विक, मोहन विक, पबित्रा विक, रबिन विक, ५८ वर्षीय हिरुवा लुहार, बर्ष ७५ को देव डुङ्गेल रहेका छन् ।

त्यसै गरि बडिकेदार गा.पा. ५ का चनरी देवी नेपाली र सायल गा.पा. १ रोकाया गाउँका बिरे रोकायाको मृत्यू भएको छ । शिखर नगरपालिका वडा नम्बर ११ मा ३६ वर्षीया मन्धरा बलायरको पनि मृत्यू भएको छ । उनी गोपघाट बजारबाट घर जाने क्रममा माथिबाट पहिरोसँगै आएको ढुंगा टाउकोमा लाग्दा घाइते भएकी थिईन् । उनको सुजङ अस्पताल राजपुर डोटीमा उपचारका क्रममा मृत्यु भएको हो।

सोमबार राति जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखका बीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर दुई जना मृत्यु भएको प्रहरी कार्यालय जनाएको छ। मृत्यु हुनेमा बिरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडा रहेको छन् ।

यस्तै डडेल्धुरामा डडेल्धुरामा मृत्यु २ जना मृत्यू भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । डडेल्धुरामा घरमाथिबाट आएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको मृत्यू भएको प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक चन्दले जानकारी दिए ।

डडेल्धुरामा खोलाले बगाउँदा गन्यापधुरा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको हो। घर नजिकै रहेको खोलाबाट पाइपमा खानेपानी फर्काउने बेलामा माथिबाट आएको पहिरोसहितको भेलले बगाउँदा उनको मृत्यु भएको स्थानीय प्रदीप शाहीले बताए। खोलाले बगाएपछि करिब ५ सय मिटर तल उनको शव भेटिएको प्रदीप शाहीले बताए। गन्यापधुरा गा.पा. १ भातकाडाका ३२ वर्षीया विष्णू अवस्थीको मृत्यू भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

त्यसै गरि बैतडीमा घरमाथि पहिरो खस्दा ४ जनाको मृत्यू भएको छ । बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर ६ बसेडीमा पहिराले घर बगाउँदा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र १ नाति ३ वर्षीय देवन पार्की र बर्ष ७१ की परुदेवी महरा रहेको मृत्यू भएको प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै बझांगको खप्तडछान्ना गा.पा. ५ घर भई ऐ. ६ मथाने पातलका ७३ वर्षीय धनराज जोशी, खप्तडछान्ना गा.पा.५ कालुखेतीका बिरू गिरी, चन्द्रा देवी गिरी, धर्म रोकाया, जैईसरा देवी रोकाया, रने आग्री, आयुस पार्की र बिकास सार्की रहेका छन् । त्यसै गरी कैलालीको टिकापुर न.पा. ८ कर्मीडाडाका करविरे ढोलीको पनि मृत्यू भएको जनाइएको छ ।