सुदूरपश्चिममा बाढी पहिरोले मृत्यू हुनेको संख्या १५ पुग्यो

कैलाली, ३ कात्तिक । आइतबारदेखि भइरहेको वर्षाका कारण सुदूरपश्चिममा बाढीपहिरो र डुबानले जनजिवन प्रभावित बनेको छ । प्रदेशमा वर्षासँगै आएको बाढीपहिरेमा परी १५ जनाको मृत्यू भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रदेश प्रहरीका अनुसार पहिरोमा परि डोटीमा मृत्यु ९ जनाको मृत्यू भएको हो । मृत्यू हुनेमा डोटीको जोरायल गाउँपालिका वडा नम्बर ३ नवलपुर बस्ने जोगी सार्कीको घरमाथिबाट पहिरो खस्दा सार्की सहित, ५५ वर्षीया झुपरी सार्की, ४२ वर्षीय शेरबहादुर विक, मोहन विक, पबित्रा विक, रबिन विक रहेका छन् ।

शिखर नगरपालिका वडा नम्बर ११ मा ३६ वर्षीया मन्धरा बलायरको पनि मृत्यू भएको छ । उनी गोपघाट बजारबाट घर जाने क्रममा माथिबाट पहिरोसँगै आएको ढुंगा टाउकोमा लाग्दा घाइते भएकी थिईन् । उनको सुजङ अस्पताल राजपुर डोटीमा उपचारका क्रममा मृत्यु भएको हो।

सोमबार राति जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखका बीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर दुई जना मृत्यु भएको प्रहरी कार्यालय जनाएको छ। मृत्यु हुनेमा बिरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडा रहेको छन् ।

यस्तै डडेल्धुरामा डडेल्धुरामा मृत्यु २ जना मृत्यू भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । डडेल्धुरामा घरमाथिबाट आएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको मृत्यू भएको प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक चन्दले जानकारी दिए ।

डडेल्धुरामा खोलाले बगाउँदा गन्यापधुरा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको हो। घर नजिकै रहेको खोलाबाट पाइपमा खानेपानी फर्काउने बेलामा माथिबाट आएको पहिरोसहितको भेलले बगाउँदा उनको मृत्यु भएको स्थानीय प्रदीप शाहीले बताए। खोलाले बगाएपछि करिब ५ सय मिटर तल उनको शव भेटिएको प्रदीप शाहीले बताए।

त्यसै गरि बैतडीमा घरमाथि पहिरो खस्दा ४ जनाको मृत्यू भएको छ । बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर ६ बसेडीमा पहिराले घर बगाउँदा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र १ नाति ३ वर्षीय देवन पार्की र बर्ष ७१ की परुदेवी महरा रहेको मृत्यू भएको प्रहरी कार्यालयले जनाएको छ ।