सुदूरपश्चिममा बाढी र पहिरोले १० जनाको मृत्यू

कैलाली, २ कात्तिक । सुदूरपश्चिममा बाढी र पहिरोले १० जनाको मृत्यू भएको छ ।

मृत्यूहुनेमा डोटीका ८ वर्षीय आशिष कुन्जेडा, ११ वर्षीय सागर कुन्जेडा, १४ वर्षीय जोगी सार्की, ६३ वर्षीय शेर बहादुर बि.क, ४२ वर्षीय मोहन बि.क, १३ वर्षीया पबित्रा बि.क १६ वर्षीय रबिन बि.क, ३६ वर्षीय मन्धरा बलायर रहेका छन् । यस्तै डडेल्धुराका ३२ वर्षीय बिष्णु अवस्थी र ५६ वर्षीया नरपता शाही रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरीका अनुसार ६ जना घाईते भएको जनाएको छ । जसमा डोटीका ४ वर्षीय बिर बहादुर कुन्जेडा, ३३ वर्षीया बासुदेबी कुन्जेडा, ७ वर्षीया बिन्दा कुन्जेडा, ५५ वर्षीया झुपरी सार्की र डडेल्धुराका २५ वर्षीया देवकि रावल, ७ वर्षीय ग्रिस रावल रहेका छन् ।

पहिरोमा परि बझाङका २३ जना बेपत्ता रहेको प्रदेश प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा उजली पार्कि (७०), हासु पार्की (५०), आयसु पार्की (६), हिमा पार्की (१२), सिमा पार्की (८), हर्क सार्की (६०), धनगिरि सार्की, सिता सार्की, प्रभा सार्की, भुमिका सार्की, इस्वरा देवि सार्की, संजिव सार्की, सर्मिला सार्की, सुवास सार्की, विकास सार्की, मिकेस सार्की, मदन सार्की, कलु सार्की, एलिसा सार्की, कम्मा सार्की, सबिना सार्की, सरोज सार्की, सिम्जिबि सार्की रहेका छन् ।

यस्तै नदीले बगाएर ५ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कैलालीका ३० वर्षीय गणेश आउजी, ६१ वर्षीय खडक बहादुर घर्ति मगर, ३५ वर्षीय बिक्रम घर्ति मगर, २६ वर्षीय खडक राना मगर र डोटीका ७४ वर्षीय बिरे रोकाया रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।