बैतडीमा पहिरोले पुरिएर एकै घरका तीन जनाको मृत्यु

बैतडी, २ कार्तिक । बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर ६ बसेडीमा पहिराले घर बगाउँदा मंंगलवार ३ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा उनका २ बुहारी १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र १ नाति ३ वर्षीय सोम पार्की रहेको जनाएको जनाइएको छ । प्रहरीले घटनास्थलबाट तीन जनाकै शव निकालेको हो ।