प्रदेश सरकरले सबै जिल्लालाई २५/२५ लाख दिने निर्णय

सुदूरपश्चिम प्रदेश सरकारले तत्कालको लागि बाढी प्रभावित सुदूरपश्चिमका सबै जिल्लाहरूमा २५/२५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आकस्मिक बैठकले विपद् व्यवस्थापन राहत र उद्धारको लागि जिल्ला विपद् व्यवस्थापन कोषमा २५/२५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको सरकारको प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड उपलब्ध गराउने निर्णय भएको हो । प्रदेशको सबै जनशक्ति विपद् व्यवस्थापन, उद्धार र राहतमा लाग्न समेत सर्कुलर जारी गरेको बताइन् ।