महाकाली नदिमा अहिले सम्मको उच्च बाढी
धनगढी,२ कात्तिक । आईतवार साँझदेखि परेको अविरल बर्षाले महाकाली नदिमा ठूलो बाढी आएको छ । बेमौसमी बर्खाका कारण कात्तिक महिनामा महाकाली नदिमा अहिले सम्मको उच्च बाढी आएको हो ।
महाकाली नदिमा मंगलबार बिहान महाकालीमा पानीको बहाव ५ लाख २ हजार क्युसेक मापन गरिएको छ, जुन यो वर्षकै सबैभन्दा बढी हो । बाढी अझै बढ्ने क्रम जारी छ । बाढीले तटिय क्षेत्र डुबानमा परि भीमदत्त नगरपालिका ९ खल्ला, वडा नम्बर १२ ऎरि १३ को सोनापुर क्षेत्रमा स्थानीयको घरमा पानी पसेको छ ।
घर भित्र ठूलो पानी भएपछि स्थानीयको उद्दारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छ्न । बेमौसमी बर्खाका कारण कात्तिक महिनामा महाकाली नदिमा अहिले सम्मको उच्च बाढी आएको हो । महाकाली नदिमा मंगलबार बिहान ५ बजे ३ लाख ९१ हजार ३६४ क्युसेक पानीको बहाव मापन गरिएको छ ।
२०७० सालयता महाकाली नदिमा यो उच्च बहाव हो । दार्चुला क्षेत्रमा अविरल पानी परिरहेकोले महाकाली नदिमा पानीको बहाव अझ बढ्न सक्ने भन्दै सतर्कता अपनाउन कंचनपुर प्रशासनले अनुरोध गरेको छ ।
यस्तै दोधाराचादनी नगरपालिका १० जोगबुढा नदि छेउमा रहेको कुतियाकवर शसस्त्र प्रहरीको अस्थायी क्याम्पमा बाढी पसेको छ । राती १ बजे नजिकैको हरिओम प्राथमिक विद्यालयमा प्रहरीलाई स्थानान्तरण गरेपनी त्यहा पनि बाढि पसेपछी प्रहरीकै बिचल्ली भएको छ ।













