आइतबारको वर्षाकाले पाकेको धान बालीमा ठुलो नोक्सानी
कैलाली, १ कात्तिक । किसानले धान बालि भित्र्याउन शुरु गरेकै बेला एक्कासी पानी परेपछि पाकेको धान बालीमा ठुलो नोक्सानी भएको छ । आइतबार ठूलो पानी परेपछि पाकेर भित्र्याउन लागेको धान बालीमा ठुलो नोक्सान भएको हो ।

यो बेला किसानहरूले धान बालि काटेर भित्र्याउन सुरु गरेका छन् । राती परेको वर्षाका कारण कैलाली, कञ्चनपुर, डोटीका किसानले लगाएको धान बालीमा बढी क्षति गरेको छ ।













