टीकापुर राजबन्दी परिवारलाई डसिया खर्च सहयोग

कैलाली, २६ साउन । टीकापुर राजबन्दी परिवारहरुलाई डसिया र देवारी खर्चकोलागि जनही रु पाँच हजारका दरले सहयोग गरिएको छ ।

थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलाली र थारु कल्याणकारीणि सभा कैलालीको आयोजनामा टीकापुरमा भएको डसिया देवारीक शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा राजबन्दी परिवारलाई डसिया खर्चकोलागि सहयोग गरिएको मोर्चका जिल्ला संयोजक माधब थारुले जानकारी दिए ।

उनका अनुसार टीकापुर राजबन्दी परिवारलाई डसिया र देवारी खर्चको लागि टीकापुर राजबन्दी दिल बहादुर चौधरी, प्रदिप कुमार चौधरी, श्रवण चौधरी, सन्त कुमार चौधरी, हरिनरायया चौधरी र गंगाराम चौधरीको परिवारलाई जनही रु. ५००० का दरले सहयोग गरिएको हो ।

सहयोग गर्नेमा थरुहट नेता लक्ष्मण थारुले २ हजार, प्रभात कुमार चौधरी २ हजार, धनगढी गाउँको भलमन्सा सरोज चौधरी २ हजार, बुद्धिजीवि तथा थारु अगुवा बुन्दीलाल चौधरी २ हजार, थारु अगुवा विजय चौधरी २ हजार र थरुहट नेता माधब चौधरीले २ हजार रुपैया सहयोग गरेका छन् ।

यस्तै थरुहट नेता भानुराम चौधरी १ हजार, बुद्धिजीवि खडक चौधरी १ हजार, अधिवक्ता तथा बुद्धिजीवि जोहारीलाल चौधरी १ हजार, भलमन्सा गोठु चौधरी १ हजार, थारु अगुवा ठाकुर करिया प्रधान १ हजार, थरुहट नेता सुशिला चौधरी १ हजार, थारु बुद्धिजीवि गुरुप्रसाद चौधरी १ हजार र हरिराम चौधरी १ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

यस्तै केर्नी न्यूजका सञ्चालक उन्नती चौधरी, थारु लेखक इन्दू चौधरी, दिनेश थारु दिलबहादुर चौधरी, लक्ष्मण किशोर र अशोक कुमार चौधरीले रु ५००/५०० का दरले सहयोग गरे । भने कल्याणकारी सभा कञ्चनपुरका कोषाध्यक्ष सानु चौधरीको नेतृत्वमा रु १५ हजार रुपैँया सहयोग भएको थियो ।उनका अनुसार दिपक खुना अमेरिकाबाट  १०,०००, सानु चौधरी १०००, रेशम चौधरी १०००, विक्रम चौधरी १००० र मेवाराम २००० सहयोग गरे ।

शुभकामना आदानप्रदान कार्यक्रममा थरुहट राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले टीकापुर मुद्दा लगायत थरुहट थारुवान आन्दोलनले उथान गरेको मुद्दामा सबैजना राजनीतिक रुपमा एक हुनु पर्ने बताए ।

उनले नेपालका सत्तासिन र प्रमुख बिपक्षी दल टीकापुर मुद्दालाई राजनीतिक रुपमा समाधानको निकास गर्न सकारात्मक नभएको बताए । थारु कल्याणकारीणि सभा कतार च्यापटर दोहाबाट घनश्याम चौधरीको नेतृत्वमा टीकापुर राजबन्दी परिवारलाई आर्थिक सहयोग गरिएको छ ।