माओवादी केन्द्रको सुदूरपश्चिम अध्यक्षमा भण्डारी

धनगढी, २४ असोज । नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको बैठकले सात वटै प्रदेशमा अध्यक्ष र सचिव नियुक्त गरेको छ ।

माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा शरद सिंह भण्डारीलाई अध्यक्ष र देवीलाल चौधरीलाई सचिवको जिम्मेवारी दिएको छ ।

यस्तै सह–इन्चार्जमा विना मगर, बिरमान चौधरी र त्रिलोचन भट्टलाई तोकेको छ। यसअघि खगराज भट्ट प्रदेशको इन्चार्जको जिम्मेवारी पाएका थिए ।

त्यसैगरि डडेल्धुराको जिल्ला इञ्चार्जमा जगत पार्की, डोटीको इन्चार्जमा शिवसिंह ओली र अछाममा झपट साउदलाई जिम्मेवारी पाएका छन् ।