उद्योगमन्त्री हमालले दिएको राजीनामा लगत्तै प्रधानमन्त्री देउवाद्धारा स्वीकृत
काठमाडौं, २४ असोज । नव नियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाए लगत्तै स्वीकृत भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको कोटाबाट मन्त्री नियुक्त भएको भनेर हमालको चौतर्फी आलोचना भइरहेको थियो । वकिलहरूले शनिवार मन्त्रिपरिषदमा भाग मागेको भन्दै प्रधानन्यायाधीशलाई अदालतमा प्रवेश नै गर्न दिन नहुने भनेका थिए ।
राजनीतिक वृत्तमा पनि उनको नियुक्तिलाई लिएर प्रधानमन्त्री देउवाको समेत आलोचना भएपछि हमालले राजीनामा बुझाए लगत्तै स्वीकृत गनेका हुन् ।
उनी बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएका थिए ।













