एन.सि.आई कम्प्युटर एण्ड टेक्नोलोजी अब कम्प्युटर र मोबाइल पार्ट्स बिक्री केन्द्र

कैलाली, २१ असोज । घट्स्थापनाको शुअवसरमा एन.सि.आई कम्प्युटर एण्ड टेक्नोलोजी अब कम्प्युटर र मोबाइल पार्ट्स बिक्री केन्द्रमा परिणत भएको छ ।

कम्प्युटर र मोबाइल पार्ट्स बिक्री केन्द्रको आज उदघाट्न गरिएको हो । बिक्री केन्द्रको सञ्चालक निरज चौधरी विगत एक दशकदेखि नै कम्प्युटर एण्ड टेक्नोलोजी सञ्चालनमा ल्याएका थिए ।

उनका अनुसार ग्रहाकको मागअनुसार कम्प्युटर एण्ड टेक्नोलोजीसंगै कम्प्युटर र मोबाइल पार्ट्स बिक्री केन्द्र स्थापना गरेको हो । केन्द्रको धनगढी उपमहानगरपालिका ५, हसनपुर चक्मेली बजारमा रहेको जानकारी दिए ।