यात्री यूवा क्लबद्वारा दशैं तिहारको उपलक्ष्यमा उपहार कार्यक्रम
कैलाली, २० असोज । यात्री यूवा क्लबले दशैं र दीपावलीको उपलक्ष्यमा उपहार कार्यक्रमको तयारी गरिरहेको छ ।
उपहार कार्यक्रममा पहिलो पुरस्कार १४ इन्चको एलसिडि मनिटर एक जनालाई , दोस्रो पुरस्कार लेडिस साईकल एक जनालाई, तेस्रो पुरस्कार बुफर सेट एक जनालाई दिने क्लबले निर्णय गरेको छ । त्यसै गरि सान्त्वना पुरस्कारमा ५ जनालाई टर्च र १० जनालाई डायरी दिने आयोजकले जनाएको छ ।
उपहार कार्यक्रम कार्तिक २१ गते ११ बजे क्लबको प्रांगनमा गोला प्रथाबाट खोलिने जनाएको छ । उपहार सम्बन्धी कुनै विवाद परे क्लबले नै समस्या समाधान गर्ने आयोजकले बताएको छ ।













