अलकोहलको पत्यक्ष असर बालबालिकामा

कैलाली, १४ असोज । अलकोहलको प्रत्यक्ष असर महिला तथा बालबालिकामा परिरहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।

सिविन नेपालको आयोजनामा सरोकारवाला निकायले यस्तो बताए । सिविन नेपालको धु्रव गौतमले समाजमा तनाव र खुशीको बेला मादक पदार्थ लिने गर्दा प्रत्यक्ष असर बालबालिकामा पर्ने गरेको बताए ।

‘मदिरा सेवन र लागुपदार्थको दुव्र्यसनीको कारण बालबालिका तथा महिलाको जीवनमा नकारात्मक प्रभाव देखिएको छ,’ यसलाई न्यूनिकरण गर्न सबै एक जुट हुनुपर्छ ।
विश्व स्वास्थ्य संगठनको तथ्याङकमा विश्वभर बार्षिक ३० लाख व्यक्तिको मादक पदार्थ सेवनको कारण मृत्यु हुने गरेको छ । मादक पदार्थको कारण १८ प्रतिशत आत्महत्या, १८ प्रतिशत झै झगडा, २६ प्रतिशत दुर्घटना, १३ प्रतिशत छरे रोग, ४८ प्रतिशत मृगौला भेल, २६ प्रतिशत मुख क्यान्सर, २० प्रतिशत क्षयरोग रोग, ५ प्रतिशत छातीके रोग ओ ७ प्रतिशत नइसर्ना रोग लग्टी रहल गौतम बताउँछन् ।

अलकोहलको कारण बैवाहिक जीवनमा नराम्रो असर पर्ने, बच्चाहरुको पढाई विग्रिने जस्ता समस्या देखिन्छ । कार्यक्रममा अलकोहल नियन्त्रयको लागि कानून बलियो बनाई कार्यन्वयन गर्न आवश्यक रहेको निश्कर्ष निकाएको छ । साथै कार्यन्वयको लागि सबैको सहकार्य हुन जरुरी छ ।