अस्पताल र आफन्तबीच तीन बुँदे सहमति भएपछि सुत्केरीको शव उठाइयो

धनगढी,१२ असोज । नवजीवन अस्पतालमा आइतबार विहान सुत्केरीको मृत्यू पश्चात आफन्तले अस्पतालको लापरवाही देखाएर तीन दिनसम्म शव उठाएका थिएनन् ।
मंगलबार अपराह्न भने अस्पताल र आफन्तबीच तीन बुँदे सहमति जुटेपछि शव उठाइएको हो ।

अस्पतालले क्षतिपूर्ति दिने, शिशुको भरणपोषण गर्ने र मृतकको नाममा प्रतिष्ठान स्थापना गर्न सहमत भएपछि मृतक सुत्केरीका आफन्तले शव उठाइएको मृतकका काका तेज बहादुर सिंहले बताए ।

डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया सुत्केरी कल्पना सिंह ठकुरीको उच्च रक्तस्राव भएपछि मृत्यु भएको थियो। आफन्तले चिकित्सलाई कारबाही तथा क्षतिपूर्तिको माग राख्दै शव नउठाउने अडान लिँदै आएका थिए।