यूवा सञ्जालद्वारा लैंगिक हिंसा न्यूनिकरणकोलागि सडक प्रस्तुत
कैलाली, १२ असोज । कैलालीको गौरीगंगा नगरपालिका १० शान्तिटोलमा गौरीगंगा नगर स्तरिय यूवा सञ्जालले लैंगिक हिंसा न्यूनिकरणकोलागि सडक प्रस्तुत गरेका छ ।
दलित महिला अधिकार मञ्चको आयोजना सो सञ्जालले महिला हिंसा तथा जातिय विभेद सम्बन्धि जनचेतनामूलक नाटक प्रस्तुत गरेको हो ।
विगत ५ पर्ष अगाडी शान्ति टोलका महिलाहरु एकदमै विभेदपूर्ण जीवन बाँचिरहेको अवस्थामा दलित महिला अधिकार मञ्च नेपालले सो टोलमा विभिन्न कार्यक्रम सञ्चालन गरि त्यहाँका महिलाहरुको जीवन स्तर उकास्न मदत पुगेको मञ्चका अध्यक्ष सावित्रा घिमिरेले बताईन् ।
उनले उक्त टोललाई नमुना टोल बनाउन त्यस क्षेत्रमा आर्थिक शसक्तिकरणका कार्यक्रमपनि लागु गरिएको जानकारी दिए ।













