नवजीवन अस्पतालमा सुत्केरीको मृत्यू
कैलाली, १० असोज । कैलाली स्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । शनिबार विहान अस्पताल भर्ना भएकी डोटीको शिखर नगरपालिका ६ की २६ वर्षीया कल्पना सिंह मल्लको आइतबार बिहानै मृत्यु भए हो ।
मृतक मल्लको आफन्तले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । उनीहरुले अस्पतालसँग मेडिकल रिपोर्ट माग गर्दै मृत्युको यथेस्ट कारण खुलाउन भन्दै अस्पताल घेराउ गरेपछि अस्पताल तनाब ग्रस्त बनोकने थियो ।
नवजीवन अस्पतालको स्त्री विशेषज्ञ डाक्टर जयराज केसीका अनुसार सुत्केरी मल्लको उच्च रक्तस्रावपछि मृत्यू भएको हो । अस्पतालका विशेषज्ञ चिकित्सहरुको हर प्रयासले गर्दा पनि सुत्केरी महिलालाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।
सुत्केरी मल्लको पाठेघरको मुख नरम मात्रै भएर एक घर खुलेको र औषधीले अर्को घर खुलाइएको उल्लेख गरेको छ । त्यसपछि बच्चाको धडकन कम हुँदैं गएको र आमामा बच्चा जन्माउने बल नपुगेपछि भ्याकुम प्रयोग गरेर ११:४४ मा डेलिभरी गराइएको थियो । त्यसक्रममा पाठेघरको मुख फराकिता बनाउन इपिसियोटोमी एक्सटेन्डेड टियर दिइएको अस्पतालले जनाएको छ ।
इपिसियोटोमी एक्सटेन्डेड टियरलाई सिलाउनका प्रयास गर्दा उनले असहज महसुस गरेपछि एनेस्थेसियालाई बोलाएर टाका सिलाउने काम गरिएको तर अत्याधिक रक्तस्रावको कारण विरामीलाई कार्डियाक एरेष्ट भएर मृत्यु भएको जनाइएको छ ।
मल्ल शनिबार राति सुुत्केरी भएकी हुन् । उनको अवस्था गम्भीर भएपछि आईसीयूूमा भर्ना गरिएको थियो । उता आफन्तले भने नवजिवन अस्पतालमा चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै छानबिनको माग समेत गरेका छन् । उपचारमा अस्पतालका विशेषज्ञ डा. जयराम के.सी. को लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले छानबिनको माग गरेका हुन् ।
गर्भवति भएका दिनदेखी नै डा. जयराम के.सी. को परामर्शमा रहँदै आएको भएतापनि अन्तिम समयमा आएर उपचारमा लापरवाही गरेको मृतकका काका तेज बहादुर सिंहको भनाई छ ।
उनले महिनौँ अघिदेखि चेकजाँच गर्दै आएको डाक्टरले बिरामीको अवस्था थाहा नपाउनु लापरवाहीको पारकाष्ठा रहेको तर्क दिएका छन् । बिरामी स्वयमं आफैले अपरेशनका लागि अनुरोध गर्दापनि चिकित्सकको आफ्नै ढिपीले अनुमति नै नलिई भ्याकुम लगाएको आरोप छ ।
आफन्तले एक विज्ञप्ती जारी गर्दै घटनाको छानबिन र दोषिलाई कारबाहीको माग राख्दै सम्बोधन नभएसम्म मृतकको शव नउठाउने अडान लिएका छन् । कल्पनाले जन्म दिएको बच्चालाई भने एनआईसीयूमा राखेको छ ।













