चर्चित भारतीय अधिकारकर्मी कमला भासिनको निधन

कैलाली, ९ असोज । चर्चित भारतीय अधिकारकर्मी कमला भासिनको शनिबार बिहान ७५ वर्षको उमेरमा निधन भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार आज बिहान ३ बजे उनको निधन भएको हो। अभियन्ता कविता श्रीवास्तावले पनि ट्वीट गर्दै उनको निधन भएको जनाएकी छन्।

भासिनलाई केही महीनाअघि क्यान्सर देखिएको थियो। उनले महिलावादी आन्दोलनका लागि नेटवर्क ‘संगत’ मार्फत अभियान चलाएकी थिइन्।

२४ अप्रिल, १९४६ मा जन्मिएकी भासिनले भातरको राजस्थानस्थित ग्रामीण भेगबाट अभियान थालेकी थिइन्। उनी साढे तीन दशकदेखि शिक्षा, लैंगिक समानता र आमसञ्चारका क्षेत्रमा सक्रिय थिइन्।