जनता समाजबादी पार्टीका प्रदेश अध्यक्षमा कुन्दन
कैलाली, ८ भदौं । समाजवादी पार्टी र राजपा समायोजन भई जनता समाजबादी पार्टीले सुदूपश्चिममा कमिटि विस्तार भएको छ । जनता समाजबादी पार्टीका सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्ण कुमार चौधरी (कुन्दन) निर्विरोध भएका हुन् ।

जनता समाजवादी पार्टी नेपाल घोषणा भएपछि सुदूरपश्चिम प्रदेशमा १५१ सदस्य कमिटि समेत चयन गरिएको पार्टीले जनाएको छ । सो कमिटिले आज बैठक बसी विभिन्न जिम्मेवारी बाडफाड गर्ने जनाइएके छ ।













