वाइ वाइ जिंगल रिमिक्स प्रतियोगिता २०२१ मा सुदूरपश्चिमका संगीतकार शिशिर पुरस्कृत

कैलाली, २९ भदौं । “हामी सबैको वाइ वाइ जिंगल रिमिक्स प्रतियोगिता २०२१ मा” सहभागि भएका सुदूरपश्चिम प्रदेशका संगीतकार शिशिर साधकले पच्चीस हजार नगद रकम पुरस्कार जितेका छन् ।

वाइवाइका क्षेत्रीय विक्री प्रबन्धक सुनिल कुमार सुवदीले साधक नगद रकम हस्तान्तरण गरेका हुन् ।

साधकले जिंगल रचना गरी प्रतियोगिताका लागि पठाएका थिए । उनले एक दर्जन बढी गीतहरुमा संगीत भरिसकेका छन् । उनले धनगढीमा आफ्नै रेकर्डिङ्ग स्टुडियो समेत सञ्चालन गर्दै आएका छन् ।

वाइवाइले उत्कृष्ट दशमा परेका मध्ये नौजनाई जनही २५ हजार नगद तथा सर्वोत्कृष्ट एक जनालाई रु एक लाख पुरस्कार प्रदान गरेको छ । प्रतियोगितामा देश भरबाटै ६२ जनाले सहभागिता जनाएका थिए ।