लेखराज भट्ट भन्छन्, एमाले सदूरपश्चिमको इन्चार्ज मै हुँ
कञ्चनपुर, २९ भदौ । नेकपा एमालेका नेता तथा पुर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँड गरेर आफूलाई प्रदेश इन्चार्ज तोकेकोले यो विषयमा कुनै विवाद नरहेको बताए ।
प्रेस चौतारी कञ्चनपुरले मंगलबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टले रावल र आफ्नोबीचमा समेत कुनै खालको मतभेद नरहेको स्पष्ट पारेका छन् ।
एमाले सदूरपश्चिमको इन्चार्जको विषयलाई लिएर पार्टी भित्र रावल र भट्टबीच विवाद भएको चर्चा चलिरहेका बेला उनले त्यसलाई प्रष्ट्याएका हुन् ।













