भाषाको माग गर्दै राना थारु आन्दोलित
धनगढी, २८ भदौं । सुदूरपश्चिम प्रदेशको सरकारी कामकाजी भाषाको सिफारिसबाट षडयन्त्रपुर्वक राना थारु भाषा हटाईएको विरुद्ध धनगढीमा र्यालीसहित विरोध सभा गरिएको छ ।
सोमबार धनगढीमा नेपाल रानाथारु समाज केन्द्रिय कार्यालयको आयोजनामा षडयन्त्रपुर्वक राना थारु भाषा हटाईएको भन्दै आफ्नोपनि सरकारी कामकाजमा लागु हुने माग राख्दै आन्दोलनमा उत्तिएका हुन् ।
रानाथारुको आरक्षणको सुनिश्चतताका लागि दबाब स्वरुप धनगढीमा र्यालीसहित विरोध सभा गरिएको आयोजकले जनाएको छ । यस प्रदेशको सरकारी कामकाजीको भाषामा रानाथारु भाषालाई पनि समावेश गर्न यहाँका रानाथारु नागरिकले माग गरेका छन् ।













