एकीकृत समाजवादीमा थप तीन जना सांसदले गरे सनाखत
कैलाली, २० भदौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीमा थप तीन जना सांसदले सनाखत गरेपछि एमालेभन्दा (एस) ठूलो दल बनेको छ ।
सांसदहरू दीर्घ सोडारी, तारा लामा तामाङ, प्रकाश रावलले आइतवार नेकपा एसको पक्षमा सनाखत गरे । यसअघि नै १० जना सांसदले सनाखत गरिसकेका थिए ।
५३ सदस्यीय प्रदेश सभामा एमालेका २४ सांसद निर्वाचित भएका थिए। उनीहरूमध्ये १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेका हुन्। अब एमालेमा १२ सांसद बाँकी छन ।













