थारु यूवामहिलाद्वारा सञ्चालित ‘शोफिया बुटिक’ सञ्चालनमा

कैलाली, १९ भदौं । थारु यूवामहिलाले सञ्चालन गरेको ‘शोफिया बुटिक’ सञ्चालनमा आएको छ। धनगढीस्थित सोतोपुल नजिक ‘शोफिया बुटिक’को आईतबार उद्घाटन हुने भएको सञ्चालक शोफिया चौधरीले जानकारी दिईन् ।

महिलाहरुको पहिर विशेषगरी विवाहको लागि आवश्यक ब्लाउज, लेहेंगा, गाउन लगायत विभिन्न डिजाईनमा बनेका परिहन सहितको बुटिक सञ्चालनमा ल्याउन लागेको चौधरीले बताईन् ।

पचास लाख लगानीमा शुरु गरेका बुटिक यूवा तथा महिलाहरुको माग अनुसार डिजाईन गर्ने विश्वास दिलाईन् । शुरुवाती चरणमै दूई जनालाई रोजगारी समेत दिएको उनले बताईन ।